नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमित सबै पुरुष हुन्। मन्त्रालयका अनुसार उदयपुराका संक्रमितहरूकाे उमेर क्रमशः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेकाे छ भने चितवनका संक्रमितकाे २७ र ६३ वर्ष रहेकाे छ।
श्रोतका अनुसार उदयपुरमा भेटिएका संक्रमितमध्ये केहि भारतबाट फर्किएका थिए। यससँगै नेपालमा संक्रमीतहरुको संख्या ३० पुगेको छ।