कठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग स्पष्टिकरण मागेकाे छ। सरुवा रोग ट्रपिकल अस्पताल टेकुमा कार्यरत पुनले काेराेनाभाइरसबारे सञ्चारमाध्यममा धेरै बाेलेकाे भन्दै कारवाहीकाे प्रकृया थालेकाे हाे।
उहाँले मिडियामा बाेलेकाे मन्त्रीज्यूलाइ चित्त बुझेकाे थिएन , मन्त्रालयका एकजना अधिकारीले भने, मन्त्रालयकाे अनुमती नलिइकन बाेलेकाे भनेर रिसाउनुभएकाे हाे।
डा.पुनले पहिल्यै देखि नै सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे विभिन्न तथ्य सार्वजनिक गर्दै आएका छन्। मिडियामा अनावश्यक रुपमा नबोल्नु भन्दै मन्त्रालयका आधिकारीले दवाव दिँदै आएको उनले बताएका छन्।
यस्तो संकटको बेलामा पनि भाईरसको विषयमा सत्यतथ्य कुरा बाेल्दा कारवाहिमा परिन्छ भने भन्नु केही छैन , उनले भने। सरकारले महामारीका वेला संक्रमण रोग विशेषज्ञलाई नै मन्त्रालयमा जगेडामा तान्ने र स्पष्टिकरण सोधेर चिकित्सकहरुको मनोवल थप कमजोर बनाएको स्वास्थ्यकर्मीहरु बताउछन्।
डा.पुन लामो समयदेखि टेकु अस्पतालमा सरुवा राेगको उपचारमा क्रियाशिल छन्। उनी नेपालका सिमित संक्रमण रोग विशेषज्ञमध्येका सबैभन्दा वरिष्ठ हुन्।