यहाँ कोरोना भाइरस परीक्षणका लागि ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किट अभाव भएको छ। जिल्लाका छ स्थानीय तहमा परीक्षण हुँदा जिल्लामा प्राप्त भएको किट सकिएपछि बाँकी स्थानीय तहको परीक्षण स्थगन गरिएको छ।
जिल्लामा प्रदेशले सरकारले पठाएको सबै किट सकिएकाले जिल्लाका चार स्थानीय तहमा कोरोना परीक्षण तत्कालका लागि स्थगन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिएका छन्।
गत चैत १ गतेदेखि भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको ¥यापिड टेष्ट गर्ने कार्यक्रम तय भए पनि किट अभावमा स्थगन गरिएको उनले जानकारी दिएका छन्। अस्पतालले दुई टोली बनाएर जिल्लाका विभिन्न स्थानीय तहमा विदेशबाट आएका व्यक्तिको कोरोना परीक्षण गत बिहीबारदेखि शुरु गरेको थियो। सो दिन २६३ को जाँच गरिएको थियो।
शुक्रबार २३२ को ¥यापिड टेष्ट गरिएको छ। कुमाख गाउँपालिकामा ११३, छत्रेश्वरी गाउँपालिकामा ६८ र सिद्धकुमाख गाउँपालिकामा ५१ जनाको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख डा बुढाले जानकारी दिए।
जिल्लाको शारदा नगरपालिका र बागचौर नगरपालिकामा शनिबार तथा आइतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण गर्ने कार्यक्रम तय भएको थियो। तर किट अभाव भएपछि कोरोना सङ्क्रमण परीक्षण प्रभावित भएको छ। (रासस)