लकडाउनलाई प्रभावकारी बनाउनका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ सुचना जारी गरेको छ। जारी सुचनाअनुसार अत्यावश्यक कामको लागि पास लिनुपरेमा जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नपर्नेगरी अनलाईन पासको व्यवस्था गरिएको छ।
‘‘ई–पास सम्बन्धित व्यक्तिको मोबाईलमा म्यासेजको रुपमा घरमै प्राप्त हुने भएकाले पास लिन जिल्ला प्रशासन कार्यालयमा आउन वा टेलिफोन गरिरहनु पर्दैन’’, सुचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले औषधी, मास्क, पीपीईलगाएतका स्वास्थ्यजन्य सामग्री बोक्ने सवारी, एम्बुलेन्स, तरकारी, फलफुल, खाद्यान्नजस्ता अत्यावश्यक ढुवानी गर्ने सवारी साधनलागयतलाई पनि पासको आवश्यकता नपर्ने जानकारी जानकारी गराएको छ।
यसैगरी नियमित डाईलासिस गर्नुपर्ने मृगौलाका बिरामी, किमोथेरापी गनुपर्ने क्यान्सरका बिरामी तथा दिर्घ रोगीहरुको लागि अस्पताल आवतजावत गर्न काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलव्ध गराएको जानकारी दिँदै त्यसका लागि ११८० नम्बरमा फोन गर्नुपर्ने बताएको छ। यसैगरी कोरोना भाइरसका बिरामीको हकमा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सुविधा लिन सकिने जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना