नेपालकी दोस्रो कोरोना भाइरस संक्रमित युवती आज अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा सम्बद्ध सबैलाई बधाइ तथा धन्यवाद दिएका छन्। उनले शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत आरोग्यताको कामना सहित उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई बधाइ तथा धन्यवाद दिएका हुन्।
ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद।’
त्यस्तै नेपालमा काेराेना भाइरसकाे संक्रमणाकाे सख्या ३० पुगेकाे छ।