काठमाडौं - पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको नमूना परीक्षण गर्दा कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पीसीआर परीक्षणबाट ८ हजार ८१ र आरडीटी किट परीक्षणबाट २१ हजार ४ सय ८६ जनाको नमूना परीक्षण गरिएसँगै हालसम्म देशभर २९ हजार ५ सय ६७ जनाको कोभिड-१९ परीक्षण भएको बताएका छन्।
हालसम्म संक्रमितहरुको संख्या ३१ जना रहेको छ। जस्मा ४ जना पूर्णरूपले निको भै घर फर्कीसकेका छन्। २७ जना संक्रमितहरु मध्ये टेकु अस्पतालमा १, पाटनमा २, बाग्लुङ्गमा १, धनगढीमा ४, बिरगंजमा ४, भरतपुरमा २ र बिराटनगरमा १३ जना को उपचार भैरहेको छ। र सबैको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता विकास देवकोटाले देवकोटाले बताए।
भेरी अस्पताल नेपालगंजमा आजबाट पिसिआर परिक्षण सुरु भएको छ। र हाल देशभरि १५ वटा प्रयोगशालाहरुबाट पिसिआर बिधिबाट परिक्षण सुरु गरिएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
उदयपुरमा भेटिएका १२ संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्राक ट्रसिङ भइरहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ६९ जनाको पीसीर परीक्षणका लागि नमूना संकलन भएको छ भने नमूना संकलनका लागि टोली पनि खटिएका छन्। र २ सय ५० बढीको नमूना संकलन गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा ५ हजार १ सय ८० व्यक्ति छन् भने आइसोलेसनमा १ सय ३ जना छन्। मन्त्रालयले यसरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनेमध्येका २६६ सय जनालाई ‘रेड जोन’मा राखेको छ।