रौतहटको कटहरियामा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। आइतबार राती कटहरिया नगरपालिका–१ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको हत्या गरेको आरोपमा सोही टोलक राधे दास पक्राउ परेका हुन्।
प्रहरीले सञ्जीवलाई घरबाट राधे दासले गएराति १० बजे बोलाएर लगेका बताएको छ। त्यस्कै केहीबेरमा गम्भीर घाइते अवस्थामा फेला परेका सञ्जीवलाई उपचारकाे लागि वीरगञ्ज लगिएको थियो। उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यस घटनाको आवश्यक अनुसन्धाान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जनाए।