काठमाडौं – नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले सरकारी मिडियामा दिएको अन्तर्वार्ताको आलोचना गर्दै थापाले सामाजिक संजाल ट्वीटर मार्फत यस्तो सुझाव दिएका हुन्।
उनले ट्वीटमा लेखेका छन् ’हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज कर्कश ध्वनि ठान्ने हो भने @PM_Nepal ज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!
ओलीले अन्तरवार्ताका क्रममा भनेका थिए, ‘प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए ? अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे? के यो रहस्यपूर्ण छैन र?
