गुल्मीमा एउटा घरमा सोमबार आगलागी हुँदा एक बालकको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन्। शान्तिपुर बसपार्कस्थित बरेङ गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर खनाल (४५ वर्ष) को घरमा आगलागी हुँदा १६ वर्षिय किशाेर समिर खनालकाे मृत्यू भएको हो। बालक पुर्णका कान्छा छाेरा हुन्।
आगलागीमा परी पुर्णसँगै उनकी श्रीमती रूपा खनाल (४२ वर्ष) र अर्का छाेरा सन्जय खानल (२१ वर्ष) घाइते भएका छन्। "उनीहरूलाइ बेहाेसीकाे अवस्थामा नै उपचारकाे लागि पाल्पा लगिइएकाे छ।" प्रहरी निरीक्षक राजकुमार रावलले नेपाली पब्लिकसँग भने, "आगलागीकाे यकिन कारण भने खुल्न सकेकाे छैन।
स्थानियवासीका अनुसार पेट्रोलबाट सल्किएको आगाेका कारण ३ वटा सिलिण्डर पड्कीएपछि आगलागीले भयानक रुप लिएको हाे।