राजनितीक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने प्रस्ताव मन्त्री परिषद बैठकमा सुनाएपछि राजनितीक वृत्त तरङ्गीत बनेको छ। पछिल्लो समय पार्टीभित्रै चेपुवामा पर्दै आएका केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतबाट प्रस्ताव ल्याएको भएपनि राजनितीक विश्लेषकहरुले यसलाई नेकपा विभाजनतर्फ उन्मुख भएको विश्लेषण गर्न थालेका छन्।
नेकपाका एक शिर्ष नेता निकट श्रोत भन्छ– ‘‘हुन त उहाँले नेकपा केन्द्रित भएर संशोधन ल्याउन खोजिएको होईन भन्नुभएको छ। तर, त्यो पत्याईहाल्नुपर्छ भन्ने तर्क होईन’’ उनले नेकपामा शिर्ष नेताहरुविचको टकराव उत्कर्षमा पुगिसकेको खावी गरे।
यता नेकपाकै अर्को खेमाका एक नेताका अनुसार यो अध्यक्ष ओलीको कुटनितीक चाल हो। ‘‘पार्टी विभाजनको डर देखाएर उनले बिरोधी खेमालाई धम्क्याउन खाजेका हुन्’’, उनी भन्छन्, ‘‘यद्दपी निकट भविष्यमै पार्टीभित्र केहि हुने चाँहि पक्का हो।’’ उनले शिर्ष नेताहरु विभिन्न विकल्प राखेर आन्तरीक राजनितीमा होमिएको बताए।
‘‘एउटा खेमा प्रधानमन्त्री नै हटाउने खेलमा लागेको छ भने अर्को खेमा केहि मन्त्रीहरुको फेरबदल गर्ने दाउमा छन्’’ केपी ओलीनिकट श्रोत भन्छ, ‘‘पार्टीभित्र राजनितीक दाउपेच शुरु भइसक्यो।’’
पार्टीनिकट श्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई मन्त्रीबाट हटाउने खेल भइरहेको छ। ‘‘पार्टी फुटाउने कुरा हल्ला मात्र हो’’ श्रोत भन्छ ‘‘कोरोना नआईदिएको भए केहि मन्त्रीहरुको चाहिँ फेरबदल हुन्थ्यो।’’