कोरोना महामारीकावीच सरकारले पारित गरेका राजनीतिक तथा संवैधानिक महत्वका दुइ अध्यादेशको चौतर्फि विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश ल्याउने सरकारी निर्णयलाई आपत्तिजनक कदम भन्दै गैरजिम्मेवार प्रवृत्तिको संज्ञा दिएको छ ।
कांग्रेस सभापती शेरबहादुर देउवाले सोमबार विज्ञप्ती जारी गर्दै सरकारले ल्याएको दुवै अध्यादेशप्रति आफ्नो पार्टीको गम्भिर असहमती रहेको बताएका छन् । कांग्रेसले कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउने बेला सत्ताको उन्माद प्रस्तुत गर्नु नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएको छ । कांग्रेसले भनेको छ, "यो ‘बेमौसमी बांसुरी’ हो।"
विज्ञप्तीमा भनिएको छ, "आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलङ्घन गरेको छ ।"
कांग्रेसले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गरेको छ ।