काठमाडाैं - उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।
विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ आएकाे हाे। यद्यपी स्वास्थ्य मन्त्रालयबाट यसको औपचारिक पुष्टी गर्न बाँकी छ।
गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि बाँकी चार जनामध्ये थप एकजनामा पनि संक्रमण देखिएको थियो। उनिहरुकै सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमण देखिएको हो।
थप आठ जनामा कोरोना संक्रमणको आशंकापछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न नमूना पठाइएको छ।