एक्कासि परेको असिनापानीले खेती नष्ट गरेपछि प्यूठानको ऐरावती गाउँपालिका वडा नं ३ अर्झामका जगन्नाथ खनाल अहिले चिन्तामा छन्। मंगलबार आएको असिनाले खनालको २३ रोपनी क्षेत्रफलमा लगाइएकोे गहुँ, केराउ, तरकारी र फलफूल खेती नष्ट गरेको छ।
‘गहुँ पाकेको थियो, एकदुई दिनमा भित्र्याउने भनेको थिएँ’ उनले भने, ‘हिजोको असिनापानीले सबै सखाप बनाइदियो ।” वर्षभरि खानका लागि उब्जाउ गरिएको अन्नबाली सखाप हुँदा उनको मन दुःखेको छ।
अन्नबालीसँगै गाईभैँसीलाई खुवाइने डाले घाँससमेत असिनाले पूरै नष्ट पारेको उनको भनाइ छ। ‘यस वर्ष पशुलाई खुवाउने कुराको समेत अभाव हुने भयो, गहुँ सबै सिखै्र बनाइदिएको छ’, उनले भने ‘बीउसमेत निकाल्न नपाइने भो।’
खनालसँगै यस क्षेत्रमा लगाइएको गहुँ, जौ, मकै , तरकारी र फलफूलमा असिना पानीले क्षति पु¥याएपछि किसान चिन्तित छन्। ऐरावतीका उपाध्यक्ष बुद्ध बस्नेतका अनुसार वडा नं १ , २ र ३ का विभिन्न बस्तीका किसानले उब्जाएको अन्नबाली नष्ट भएको छ।
उनले असिनाले क्षति पु¥याएका क्षेत्रमा निरीक्षण गरिने बताएका छन्। प्युठान नगरपालिकाको उच्च क्षेत्रमा किसानले भित्र्याउनका लागि काटिएको गहुँसमेत नष्ट भएको छ। केही दिन पहिले परेको असिनापानीले नौबहिनी गाउँपालिका वडा नं ३ का धम्चे, रुम्जा, झिम्प, रुङवाङ, पुत्लीवाङ, वडा नं १ को स्याउलीवाङ र वडा नं ४ र जिल्लाका अन्य स्थानमा गहुँ र भर्खर उम्रिएको चैतेमकै नष्ट पारेको धम्चेका थम्मन गिरीले बताएका छन्।
‘कोरोना भाइरसको विपत्ति थियो नै’, गिरीले भने, ‘प्राकृतिक विपत्ति पनि संँगै आयो, सबै नष्ट पा¥यो। ‘ भित्र्याउनलायक गहुँका गेडा सबै जमीनमा झरेको बताउँदै उनले नौबहिनी क्षेत्रका करीब चार सय बासिन्दाको अन्नपात नष्ट पारेको जानकारी दिएका छन्। (रासस)