लामो समयदेखि नेपाली साहित्य साहित्य क्षेत्रमा कलम चलाउदै आएका पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ।
उपचारका क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल पुगेका उनको आज बुधबार बिहानउनको निधन भएको हो।
केही दिनअघि मात्र उनलाई क्यान्सर भएको पत्ता लागेको थियो। तर, कुन भागको क्यान्सर भन्ने पत्ता भने लागेको थिएन सोहि क्रममा उनी क्यान्सर जाँच गराउननेपाल क्यान्सर अस्पताल, हरिसिद्धि पुगेका थिए।
चिकित्सकका अनुसार हृदयघातबाट मृत्यु भएको उनको परिवारले जानकारी दिएका छन्।
भारतको सिलोङमा जन्मिएका कार्थकको प्रारम्भिक शिक्षादीक्षा दार्जिलिङमा भएको थियो। सन् १९६६ मा काठमाडौं आइपुगेका पिटरले १९७१ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका थिए।
उनी पत्रकार सँगसँगै संगीतकार पनि हुन्। उनले सन् १९६४ मा पहिलोपटक संगठित रूपमा दार्जिलिङकै पहिलो रक एन् रोल ‘द हिलियन्स’ ब्यान्ड निर्माण गरेका थिए।