काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य समस्याप्रति सरकार गम्भीर रहेको बताए।
पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ आज मन्त्रालयमा हस्तान्तरण गरेको थियो। उक्त अवसरमा मन्त्री ढकालले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोडदिए। उनले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्न सहयोग पुग्ने पनि बताए।
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पिपिई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जानकारी दिए। रासस