काठमाडौं- आज थप तीनजनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएकाे छ। याे सँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ।
धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका हुन्।
उनीहरुको अहिले धरानमा उपचार भइरहेको छ।