प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपरान्ह साइप्रसका राष्ट्रपती निकोस आनास्तासियादेशसँग टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले साइप्रसमा रहेका नेपालीको अवस्थाका सम्बन्धमा त्यहाँका राष्ट्रपतीसँग छलफल भएको आफ्नो ट्वीटरमा लेखेका छन् ।
"त्यहाँ रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूको बारेमा मैले आफ्नो चासो राखें। उहाँले नेपालीहरूको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा मलाई आश्वस्त पार्नुभयो", प्रधानमन्त्री ओलीकाे ट्वीटरमा उल्लेख छ ।