प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग प्रदेशस्तरमा छलफल शुरु गरेका छन् । पार्टी स्थापना दिवसको अवसर पारेर काठमाडाैंमा आयोजना गरिएको छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागि छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार, लकडाउन र अध्यादेशका बारेमा सांसदहरुलाई स्पष्ट गर्न छलफलको आयोजना गरिएको हो । छलफल बुधबार मध्यान्ह सुदुरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट शुरु गरिएको छ ।
नेपालमा थप तिनजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। मन्त्रालयका अनुसार आज देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्तिहरु हुन्। यसरी हालसम्म कुल संक्रमित को संख्या ४५ पुगेको छ। जसमध्ये ७ जना निको भईसकेको र ३५ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कैलालीको लम्की चुहा नगरपालिका १ घर भएकी ६५ वर्षीया महिला वीरगञ्ज नाकामा चिया पसल गर्दै आएकि थिईन्। कोरोना भाइरसको महामारीका कारण चैत १० गतेदेखि लामो दुरीका सवारी आवागमन बन्द हुने भएपछि चैत ९ गते उनी आफ्नो घर लम्की पुगीन्। वीरगञ्ज नाकाबाट आएको हुनाले स्थानियबासीले कोरोनाको आशंका गरेपछि उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टीनमा राखियो। चैत १२ गतेदेखि १७ दिन क्वारेण्टीनमा बसेकी उनलाई क्वारेण्टीनमै रहँदा कोरोनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) मा नेगेटिभ परिणाम आएपछि घर जान दिइयो। आरडिटी परिक्षणमा कोरोना नदेखिएपछि मनमा रहेको शंका र डर पनि हट्यो, अनि ढुक्कले घर गइन्। तर कथा यहिं सकिएन।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपरान्ह साइप्रसका राष्ट्रपती निकोस आनास्तासियादेशसँग टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले साइप्रसमा रहेका नेपालीको अवस्थाका सम्बन्धमा त्यहाँका राष्ट्रपतीसँग छलफल भएको आफ्नो ट्वीटरमा लेखेका छन् ।"त्यहाँ रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूको बारेमा मैले आफ्नो चासो राखें। उहाँले नेपालीहरूको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा मलाई आश्वस्त पार्नुभयो", प्रधानमन्त्री ओलीकाे ट्वीटरमा उल्लेख छ ।
मुलुक संकटमा परिरहेका बेला बहसको विषय नै मोडिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अध्यादेश ल्याएपछि नेकपामा उकुसमुकस भएको छ। ओलीको यो कदमले विशेष गरी पूर्वमाओवादी समूह र पूर्वएमालेभित्र पनि माधव नेपाल समूह बढी झस्किएका छन्। प्रधानमन्त्री ओलीले यही बेला पार्टी फुटाउन सकिने अध्यादेश जारी गर्नुको अन्तर्य के हो भन्ने चित्तबुझ्दो कारण थाहा पाउन नसकेपछि दोस्रो तहका नेताहरू मंगलबार आन्तरिक छलफलमा जुटे। ओली, दाहाल र नेपाल पक्षीय नेताहरूले दिनभर आआफ्नो समूहमा छलफल र अबको यात्रा कस्तो हुने भन्नेबारेमा कुराकानी गरेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सबैको सचेत प्रयासबाट मात्र कोरोना भाइरस नियन्त्रण हुने बताएका छन्। आज बिहान ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै मन्त्री भट्टराईले कोरोना सङ्क्रमणको कुनै औषधि र खोप विकास नभएकाले सचेतनाबाटै नियन्त्रण गर्नु नै पहिलो विकल्प भएको उल्लेख गरे। सङ्क्रमणविरुद्ध सावधानी नअपनाएका मुलुकमा देखिएको सङ्कट र शुरुदेखि नै यसको नियन्त्रणमा जुटेका मुलुकको अभ्यासबाट शिक्षा लिँदै नेपाल सरकारले कोरोनाको नियन्त्रण र जोखिम व्यवस्थापनमा योजनाबद्ध ढङ्गले काम गरेको उनले स्पष्ट पारे।
‘लकडाउन’ को अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) मा ८३ वटा घटना दर्ता भएका छन्। ओरेकले सञ्चालन गरिरहेको तीन हटलाइन र २८ जना मनोपरामर्शदातामार्फत यी घटना दर्ता हुन आएका हुन्। महिला हिंसाका घटनामा ४६ वटा घरेलु हिंसा, नौ सामाजिक हिंसा, १४ बलात्कार र दुई बलात्कारको प्रयास रहेका छन्। यो अवधिमा एउटा हत्या, एउटा हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको र दुई यौन दुर्व्यवहारका घटना, छ आत्महत्या र दुई हत्याको प्रयासका घटना रहेका छन्। सामान्य अवस्थामा जस्तै पीडक परिवारकै सदस्य बढी भएको पाइएको छ। हिंसा गर्ने व्यक्तिमा सबैभन्दा बढी ३७ जना श्रीमान् र १७ जना परिवारका सदस्य रहेको पाइएको छ।
लामो समयदेखि नेपाली साहित्य साहित्य क्षेत्रमा कलम चलाउदै आएका पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ।
उपचारका क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल पुगेका उनको आज बुधबार बिहानउनको निधन भएको हो। केही दिनअघि मात्र उनलाई क्यान्सर भएको पत्ता लागेको थियो। तर, कुन भागको क्यान्सर भन्ने पत्ता भने लागेको थिएन सोहि क्रममा उनी क्यान्सर जाँच गराउननेपाल क्यान्सर अस्पताल, हरिसिद्धि पुगेका थिए। चिकित्सकका अनुसार हृदयघातबाट मृत्यु भएको उनको परिवारले जानकारी दिएका छन्।
अब अमेरिकाको न्यूयोर्कमा अनलाईन विवाह गर्न सक्ने भएको छ। न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुओमोले अनलाइन विवाहलाई अनुमति दिने पत्रमा हस्ताक्षर गरी भिडियो कन्फेरेन्समार्फत पनि विवाह गर्न सक्ने र प्रमाणपत्रको लागि आवेदन दिन सक्ने निर्देशन जारी गरेका हुन्। सो जानकारि उनले आफ्नो ट्वीटरमार्फत पनि दिएका छन्।लकडाउनका कारण धेरै विवाहहरू रद्द भए पछि यो निर्णय आएको हो। विश्वभर माहमारिको रुपमा फैलिएको कोरोनाभाइरसका कारण अमेरिका सबै भन्दा बढी प्रभावित भएको छ भने न्यूयोर्क सहरमा सबै भन्दा बढी मानिसको मृत्यु भएको छ। याे सँगै न्यूयोर्क राज्य सरकारले लकडाउनको अवधि आगामी मे १५ तारिखसम्म लम्ब्याएको छ।