समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकताको सहमित पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। बिहिबार बिहान आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको हो।
दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति बुधबार मध्यरातमा गरेका थिए। दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।
एकीकृत पार्टीको झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएको छ भने चुनाव चिन्ह हाल कायम राजपा छाता रहने सहमति भएको छ।