प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको हो।
झण्डै दुई घण्टासम्म भएको वार्तामा गत सोमबार सरकारले ल्याएका दुई अध्यादेश र त्यसपछि उत्पन्न परिस्थतिका बारेमा छलफल भएको हो।
सरकारले अध्यादेश ल्याएपछि नेमकपाभित्र विवाद बढेको छ। बुधबार मात्रै नेकपाका २० जना नेताले स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। यसैबिच प्रधानमन्त्री ओलीले सांसदहरूसँगको छलफललाइपर्नि स्थगित गरेका छन्। बुधबार उनले सुदूरपश्चिम प्रदेश,बागमती प्रदेश र प्रदेश १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए।