काठमाडाैं - नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले ल्याएको अध्यादेश फिर्ता लिने भएका छन्। पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्।
बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएका हुन्।
संविधानको धारा ११४ को उपधारा २ ’ख’ मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिनेबारे छलफल गरेको स्रोतले जानकारी दिएको छ।
आज बिहान अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका थिए।यो सँगै प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरुसँग पनि छलफल थालेका छन्।
बुधबार मात्रै नेकपाका २० जना नेताले स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। यसैबिच प्रधानमन्त्री ओलीले सांसदहरूसँगको छलफललाइपर्नि स्थगित गरेका छन्। बुधबार उनले सुदूरपश्चिम प्रदेश,बागमती प्रदेश र प्रदेश १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए।