बर्दियामा झन्डै आठ हजार घरपरिवारलाई राहत वितरण गरिएको छ। आजसम्म सात हजार ९६५ घरपरिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। बर्दियामा सबैभन्दा धेरै मधुवन नगरपालिकाले राहत वितरण गरेको छ।
जिल्ला प्रशासन कार्यालयका तथ्यांकानुसार मधुवनले हालसम्म दुई हजार ४५८ घरपरिवारलाई राहत वितरण गरेको छ। यस्तै बढैयाताल गाउँपालिकाले एक हजार ६ सय, गुलरिया नगरपालिकाले ९२३, बाँसगढी नगरपालिकाले ६६३, बारबर्दिया नगरपालिकाले एक हजार ३५ र ठाकुरबाबा नगरपालिकाले एक हजार २८६ घरपरिवारलाई राहत वितरण गरेका हुन्।
पालिकाका क्वारेन्टाइनमा ६९०
कोरोना भाइरस संक्रमण रोक्न जिल्ला बाहिर तथा भारत र तेस्रो मुलुकबाट आएका ६९० जनालाई बर्दियाका आठ पालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ। तीमध्ये ६२८ पुरुष र ६२ महिला छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार गुलरिया नगरपालिकामा १३२, मधुवन नगरपालिकामा १२२, राजापुर नगरपालिकामा ७५, ठाकुबाबा नगरपालिकामा १२१, बारबर्दियामा ९७, बाँसगढीमा १७, गेरुवा गाउँपालिकामा १०४ र बढैयाताल गाउँपालिकामा २२ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिएका छन्।
हालसम्म बर्दियाका आठ पालिकाका विभिन्न स्थानमा ९९९ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। यहाँ ३८६ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट र २५ जनाको थ्रोट स्वाब परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछानेले बताएका छन्। परीक्षण गरिएका ३७१ र स्वाब परीक्षण गरिएका १४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ। बारबर्दिया नगरपालिकामा स्थापित २६ सामुदायिक क्वारेन्टाइनमा २४९ जनालाई राखिएको छ। (रासस)