एजेन्सी- फेसबुकले रिलायन्स जिओमा ५.७ अर्ब अमेरिकी डलर अर्थात ४ खर्ब ३५ अर्ब ७४ करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ। फेसबुकले रिलायन्स जिओको ९.९९ प्रतिशत शेयर खरिद गर्न लागेको हो। यो सँगै फेसबुक जिओको सबै भन्दा ठुलो शेयरहोल्डर बनेको छ।
यसका साथै फेसबुकले ह्वाट्सएप मार्फत भारतमा अनलाईन मार्केटिङ सेवा पनि सुरु गर्ने जनाएको छ। जसबाट भारतमा रहेको ६० करोड भन्दा बढी साना व्यवसायका लागि सहयोग पुग्ने छ। ह्वाट्सएप मार्फत जिओमार्टकाे नामबाट डिजिटल बिक्री गर्ने र मध्यम वर्गको कारोबार अर्थात स-साना बिक्रेताहरुलाई सहयोग पुर्याउने छ।
सो जानकारि फेसबुकका सिईओ मार्क जुकरवर्गले एक फेसबुक पोष्टमापर्फत समेत दिएका छन्। फेसबुकको यस लागनी पछि मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्स जिओ प्लाटफर्मको क्यापिटल भ्यालु अर्थात बजार मूल्य ४६ खर्ब भारतीय रुपैयाँभन्दा माथी पुगेको छ।