प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताको त्याग र बलिदानीबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा वर्तमान सरकार उद्दत भएको टिप्पणी गरेको छ । लोकतन्त्र दिवसको अवसरमा कांग्रेस सभापती शेरबहादुर देउवाले विहिबार विज्ञप्ती जारी गर्दै लोकतन्त्रमाथी भएको घृणित कार्यको सबैले भत्र्सना गर्नुपर्ने बताएका छन्।
विज्ञप्तीमा "नेकपाको सरकारले देश कोरोनाका कारण लकडाउनको अवस्थामा रहेका बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश ल्याएर वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गरेको" उल्लेख छ ।
सभापती देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले लाेकतन्त्रकाे रक्षार्थ सजग रहन आग्रह समेत गरेका छन् ।