काठमाडाैं - नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याे सँगै संक्रमितको संख्या ४७ पुगेकाे छ।
बिहीबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हाे।