कांग्रेस सभापती शेरबहादुर देउवाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीवीच एकता भएर बनेको जनता समाजवादी पार्टीलाई बधाई तथा शुभकामना दिएका छन् ।
सभापती देउवाले विहिबार विज्ञप्ती जारी गर्दै पार्टी एकिकरणले राजनीतिक ब्यवस्था बलियो बनाउन मद्दत पुग्ने बताएका छन् ।
देउवाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ, "दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।"