नेपालमा थप १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत थप १ जनामा संक्रमण पुष्टि भएकाे जानकारी गराएकाे हाे।
मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले २६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएकाे जानकारी मन्त्रालयकाे फेसबुक पेजमा राखेका छन् ।
यससँगै नेपालमा काेराेना संक्रमितको संख्या ४८ पुगेको छ। जसमध्ये ९ जना निको भइसकेका छन् भने ३८ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार हालसम्म सबै संक्रमितहरुको अवस्था सामान्य छ।
यसअघि विहिबार अपरान्ह आयाेजित पत्रकार सम्मेलनमा मन्त्रालयले थप २ जनामा काेराेना संक्रमण भएकाे जानकारी गराएकाे थियाे । मन्त्रालयकाे पत्रकार सम्मेलनपछि पूनः एकजनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे ।
https://www.facebook.com/mohpnep/posts/879996892488831
