काठमाडौं - सरकारले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धि दुवै अध्यादेश चौतर्फि आलोचनापछि फिर्ता लिएको छ। मन्त्रीपरिषद्को शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चारदिन अघि जारी गरेकाे अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।
संविधानको धारा ११४ को उपधारा २ ख मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्नसक्ने व्यवस्था छ।
सरकारले गत साेमबार राजनीतिक दल विभाजनको प्रावधान खकुलो पार्ने र संवैधानिक परिषद्मा प्रतिपक्षी दलको भुमिका खुम्च्याउने प्रावधानसहितका दुइ अध्यादेश जारी गरेको थियो ।
बिहीबारमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।