संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ५० हजार पुगेको छ। अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार हालसम्म ४९ हजार ९ सय ५४ पुगेको छ भने वर्ल्डओमिटरको तथ्यांकमा हेर्ने हो भने अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ५० हजार २ सय ४३ पुगेको छ। तर विश्व स्वास्थ्य संगठनको रिर्पोट अनुसार अमेरिकामा हालसम्म कुल ४० हजार ७३ जनाको मात्र ज्यान गएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या आठ लाख ६९ हजार एक सय ७२ पुगिसकेको छ। यसैबीच, अमेरिकामा गएको एक सातामा थप ४४ लाख सर्वसाधारणहरूले बेरोजगार भए बापत पाउने सुविधा दाबी गर्दै आवेदन दिएका छन्। यो सँगै गत मार्च महिनाको मध्यदेखि त्यहाँ बेरोजगार भएको दाबी गर्दै आवेदन दिनेहरूको सङ्ख्या २ करोड ६४ लाख पुगेको छ।
कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनको कारण बढ्दो बेरोजगारीले अर्थतन्त्रमा ठूलो असर पर्न सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिँदै आएका छन्।