छिमेकी राष्ट्र चीनमा पछिलो २४ घण्टामा ६ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार चार जना चीनभित्रका व्यक्तीमा कोरोना संक्रमण भेटिएको हो भने दुई जना विदेशबाट चीन गएकामा देखिएको हो। यससँगै चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार ८०४ पुगेको छ। यिमध्ये ७७ हजार २ सय ५७ जना निको भइसकेका छन्।
तर गएको २४ घन्टामा चीनमा कोरोनाको कारण ज्यान गुमाउने भने भेटिएको छैन। चीनमा हालसम्म ४ हजार ६ सय ६२ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन्। चीनको स्वास्थ्य आयोगले केही दिनयता चीनको हुबेई प्रान्तको वुहान शहरमा भने कोरोना भाइरसका नयाँ विरामी नभेटिएका दाबी गरेको छ।