नवगठित ‘जनता समाजवादी पार्टी’का सांसद प्रदिप यादवले आफ्ना पार्टीका सांसद डा. सुरेन्द्र यादव मन्त्री बन्न नपाएपछि ‘अनर्गल’ प्रचारबाजीमा उत्रिएको बताएका छन्। शुक्रबार नेपाली पब्लिकको अनलाइन टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘‘यो अपहरण भएकै होईन, सुरेन्द्रजी चर्चामा आउनका लागि नाटक रचिरहनुभएको छ।"
‘‘व्यक्तिगत रुपमा उहाँले धेरैपटक हामीसँग पार्टी नेतृत्वप्रती असन्तुष्टि राख्नुभएको छ’’ सांसद यादवले भने ‘‘अहिले आएर उहाँ नेतृत्वको प्यारो बन्नका लागि जथाभावी बोल्दै हिडिरहनुभएको छ।’’
सांसद यादवले अनावश्यक मिडियाबाजी गरेर कसैको चरित्र हत्या नगर्न डा. यादवलाई आग्रह पनि गरे।