राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएका दुवै अध्यादेश खारेज गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार राजनीतिक दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश खारेज गरेकी हुन्। संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राष्ट्रपति भण्डारीले दुई अध्यादेश खारेज गरेकी हुन्।
सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ। पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन्। होटल व्यवसायीको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल (हान)ले कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ।
गोरखा भूकम्प गएको पाँच वर्षकाे अवधिमा करीब ६ हजार निजी आवास पुनःनिर्माण भएका छन्। जिल्लामा रहेका कुल लाभग्राही १३ हजार ७६४ मध्ये ६ हजार १७१ भूकम्पपीडितको घर पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्रििाधकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का जिल्ला सम्पर्क व्यक्ति विनय दवाडीले जानकारी दिए।
निर्माण सामग्री ल्याउन नसकिएपछि काठमाडौं उपत्यकामा निर्माणाधीन धेरै सडक अलपत्र बनेका छन्। काठमाडौं उपत्यकामा व्यस्त सडकमा ‘लकडाउन’ को समयमा काम शुरु भए पनि केही दिनभन्दा अघि बढ्न सकेन। निर्माण सामग्री लिन ललितपुरको लेले र काभ्रेको रोशीखोला पुगेको गाडी सामान नलिई फर्किएको हो।
छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ।उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले जानकारी दिए।
कोरोनाभाइरससँग जुझिरहेको अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४ सय ८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने बाचा गरेका छन्।