एजेन्सी - संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा एकैदिन कोरोना भाइरस (कोभिड(१९) को कारण मृत्यु हुनेको संख्या गत मार्च ३१ यताकै कममा झरेको छ।
शुक्रबार न्युयोर्क सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४ सय २२ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका थिए भने यसअघि मार्च ३१ मा ३ सय ९१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो।
हालसम्म न्युयोर्कमा २१ हजारभन्दा बढी मानिसले कोरोनाको कारण ज्यान गुमाएका छन् भने अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको संख्या करिब ५२ हजार पुगेको छ। न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले पछिल्लो समय न्युयोर्कमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विस्तारै कम हुँदै गए पनि यो महामारी अझै विनाशकारी रहेको बताएका छन्।
उनले छिटै भौतिक दुरी कायम राख्ने नियम हटाइएको खण्डमा त्यसको परिणाम निकै नराम्रो हुन सक्ने चेतावनी पनि दिएका छन्। बिबिसि