कोरोना भाइरस (कोभिड–१९) को कारण इटालीमा हालसम्म १ सय ५० जना विशेषज्ञ चिकित्सकहरुको मृत्यु भएको भने करिब २० हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको सिएनएनले जनाएको छ।
हालसम्म इटालीमा कुल २५ हजार ९६९ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् भने १ लाख ९२ हजारभन्दा बढी संक्रमित छन्। यसको १० प्रतिशत स्वास्थ्यकर्मी छन्।
इटालीको स्वास्थ्य स्याहार समूह (एएनएएओ)ले सरकारले स्वास्थ्य प्रणाली बचाउन प्रभावकारी कदम नचालेको भन्दै आलोचना गरेको छ। अहिले सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो सहयोग गर्ने घोषणा गरेको डेलीमेलले जनाएको। इटाली कोरोनाको कारण बढी मृत्यु हुनेको तालिकाको दोस्रो स्थानमा पर्छ।
पछिल्ला केहीदिनमा इटालीमा मृत्यु र संक्रमणमा कमी आएको छ।