सरकारले जेठ २ गतेसम्मका लागि हवाई उडान बन्द गरेको छ। शनिबार विहान सिंहदरबारमा बसेको कोरोना उच्चस्तरीय समन्वय समितिको बैठकले अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान जेठ २ गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको हो।
बैठकले बैसाख १८ गते (अप्रिल ३० तारिख)सम्म स्थगित रहेकाे हवाई उडानहरुलाई १५ दिन लम्ब्याउँदै जेठ २ गते (मे १५ तारिख) सम्म बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारी जानकारी दिए।
त्यस्तै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकालेको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ।
सरकारले ताेकेकाे लकडाउनकाे अवधि आगामी साेमबार सकिदैंछ । लकडाउन लम्ब्याउन आवस्यक भए त्यसअघि नै मन्त्रिपरिषद् बैठक बसी निर्णय लिनुपर्नेछ।