विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपाललाई कोरोना संक्रमणको दृष्टिले उच्च जोखिमको क्षेत्रबाट हटाएको छ । डब्ल्युएचओले नेपाललाई उच्च जोखिमबाट एक तह तल झार्दै जोखिमको क्षेत्रमा राखेको छ ।
कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा नेपालले चालेको कदमका आधारमा उच्च जोखिमबाट हटाइएको डब्ल्युएचओले जनाएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि नेपालले बेलैमा गरेको देशब्यापी लकडाउन तथा छिमेकी मुलुकसँगको सिमा नाका बन्द गर्ने निर्णयका आधारमा पनि डब्ल्युएचओले यस्तो निर्णय लिएको हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारी बताउँछन् ।