नेपालमा काेराेना संक्रमितकाे संख्यासँगै निकाे हुनेकाे संख्या पनि बढ्दै गएकाे छ। आइतबार अपरान्ह ४ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् । याे सँगै हालसम्म निकाे भएर घर फर्कनेकाे संख्या १६ पुगेकाे छ ।
वीरगञ्जकाे नारायणी उप-क्षेत्रीय अस्पतालमा उपचाररत चार जना संक्रमितकाे चाैथाे र पाँचाैं परिक्षण नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार, छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवककाे परिक्षणमा काेराेना नदेखिएपछि डिस्चार्ज गरिएकाे हाे ।
पछिल्लाे तथ्याङ्क अनुसार, हालसम्म नेपालमा ५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३५ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।