दैलेख– सुर्खेत, नेपालगञ्ज र काठमाडौँबाट कालीकोट, जुम्ला र मुगु जान हिँडेका सात वटा बस दैलेखको रानीमत्ता रोकिएको छ। ‘कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने हो ?’ भन्ने यात्रु विवरण नभएकाले दैलेख प्रवेश गर्ने रानीमत्तामा रोेकिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताएका छन्। यात्रुको विवरणसहित आएका १७ वटा बस छोडिएको रानीमत्ता प्रहरी चौकीका इञ्चार्ज चन्द्रलाल गिरीले बताएका छन्।
नेपालभित्रबाटै आएकालाई नजिकको क्वारेन्टाइनमा बस्नपर्ने गरी गन्तव्यमा पठाउन सकिने नेपाल सरकारको निर्णय छ तर यसरी विना विवरण पठाए सबै जना सोझै घरमा पुग्न सक्ने भएकाले यात्रुको नाम, पुग्न चाहेको पालिका र व्यक्तिको मोबाइल नम्बरसमेतको विवरण बिना नछोड्ने प्रमुख जिल्ला अधिकारी कट्टेलले जानकारी दिएका छन्। रासस