भारतमा कोरोना भाइरस (कोभिड–१९)को कारण पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ भने करिब एक हजार चार सय जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ भने कुल २७ हजार आठ सय ९२ जना संक्रमित छन्।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा हालसम्म कोरोना भाइरसको कारण ३ सय ४२ जना मानिसको मृत्यु भइसकेको छ भने आठ हजार ६८ जना संक्रमित भइसकेका छन्।
त्यस्तै भारतमा अहिलेसम्म ६ हजार एक सय ८५ संक्रमित भने निको भएर घर फर्किसकेका छन्।