काठमाडौं - नेपालमा अब निजी प्रयोगशालाले पनि पिसिआर परीक्षण गर्न पाउने भएका छन्। तर यसका लागि मन्त्रालयबाट छुट्टै स्वीकृति लिनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालकाे नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्। देबकाेटाका अनुसार नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएका छन्।
मन्त्रालयकाे तथ्याङ्क अनुसार अहिले देशभर २० हजार १ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यकामा ८ जना र बाहिर ९८ गरि कुल १ सय ६ जना आइसोलेसनमा रहेका छन्।
अहिले थप संक्रमित नभेटिएको र अहिलेसम्म ५२ जना संक्रमित रहेकोमा १६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल धनगढीमा १, विरगञ्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
यसका साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोनाको पिसिआर परीक्षण सुरु भएसँगै संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएकाे छ।
त्यस्तै केन्द्रीय कारागार त्रिपुरेश्वरमा कार्यरत २ जना नर्सको र्यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएका दुईजना स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ थालिएको मन्त्रालयले जनाएकाे छ। वैशाख ९ गते गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर परीक्षण नतिजा भने नेगेटिभ आएकाे थियाे। यस्तै, दुई जना स्वास्थ्यकर्मीको सम्पर्कमा आएकालाई पनि सम्पर्कमा आउन मन्त्रालयले आग्रह गरेको छ।