नेपालमा थप दुईजनामा कोरोभाइरस संक्रमण भएको पुष्टि भएको छ। रौतहटका दुई जना पुरुषहरुमा संक्रमण देखिएसँगै नेपालमा संक्रमितहरुको संख्या ५४ पुगेको छ।
संक्रमितमध्ये एकजना रौतहवटको वृन्दावन नगरपालिका ९ भुसहाका हुन भने अर्का व्यक्ति देवाही गोनाही नगरपालिका १ का बासिन्दा हुन्।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।