महाकाली नदीले बगाउँदा गम्भीर घाइते दार्चुलाकी एक महिलाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
दार्चुलाको महाकाली नगरपालिका–५ गल्फेमा महाकालीले बगाउँदा घाइते भएका व्यास गाउँपालिका–१ की ३० वर्षीया सपना ऐतवालको कोहलपुरमा उपचारका क्रममा गए राति मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ।
आइतबार बिहान नदीमा बगिरहेका अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो।
दार्चुला अस्पतालले अवस्था गम्भीर भनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ऐतवाललाई शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो। उपचारका क्रममा मृत्यु भएपछि भेरी अस्पताल नेपालगञ्जमा परीक्षणपछि आफन्तले शव घरतर्फ लगेका छन्। (रासस)