कोरोना भाइरस (कोभिड–१) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि रोटरी क्लब अफ वाग्मतीले सरकार तथा अन्य संस्थालाई निःशुल्क मास्क प्रदान गरेको छ। रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ अन्तर्गत रोटरी क्लब अफ वाग्मतीले कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि सहयोग पु¥याउने उद्देश्यले १५ हजार सर्जिकल मास्क र ४०० एन–९५ मास्क निःशुल्क वितरण गरेको क्लबका अध्यक्ष दिनेश बज्राचार्यले जानकारी दिएका छन
अध्यक्ष बज्राचार्यका अनुसार पाटन अस्पताललाई पाँच हजार सर्जिकल र १७५ एन–९५ मास्क तथा भक्तपुर क्यान्सर अस्पताललाई ५०० सर्जिकल र ५० एन–९५ मास्क हस्तान्तरण गरिएको छ। त्यसैगरी स्वास्थ सेवा विभागको महामारी शाखामा पाँच हजार सर्जिकल र १७५ एन–९५ मास्क तथा काभ्रेपलाञ्चोकको भुल्मु गाउँपालिकालाई दुई हजार सर्जिकल मास्क हस्तान्तरण गरिएको क्लबले जनाएको छ। (रासस)