सांसद डा. सुरेन्द्र यादवको अपहरणको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले जनता समाजवादी पार्टीका नेताहरुको उजुरी दर्ता गर्न अस्वीकार गरेको छ।
यसअघि महानगरीय प्रहरी परिसर टेकुले दर्ता गर्न नमानेपछि जनता समाजवादी पार्टीका नेताहरु उजुरी दिन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेका हुन्। सांसद यादवसहित नेताहरु उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायत बबरमहलस्थित सरकारी वकिलको कार्यालय पुगेका छन्।
सरकारी वकीलको कार्यालयले पनि हालसम्म उजुरी लिन मानेको छैन। र अहिले त्यहाँका अधिकारी र नेताहरुबीच छलफल जारी छ। सरकारी शक्तिको आडमा आफ्ना सांसद यादवलाइ गत बुधबार महोत्तरीस्थित घरबाटै अपहरण गरि काठमाडौं ल्याइएको जनता समाजवादी पार्टीले आरोप लगाउँदै आएको छ। यता नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले भने सांसद यादव आफ्नै खुसीले काठमाडौं आएको दावी गर्दै आएका छन्।