काठमाडाैं - कोरोना भाइरसको आशंकामा हालसम्म ५४ हजार ८ सय २६ जनाको नमुना परीक्षण भएकाे छ। तिमध्ये १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट र ४४ हजार १९ जनाको आरडिटीबाट परिएक्षण भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लाे २४ घण्टामा एक हजार १ सय ९३ को नमुना परीक्षण गरिएको जानकारी दिए।
मन्त्रालयकाे तथ्याङ्क अनुसार, अहिले २२ हजार ९९ जना मुलुकका विभिन्न क्वारेन्टाइनमा रहेका छन् भने एक सय ७ जना आइसोलेसनमा छन्। आइसोलेसनमा रहेकामध्ये ४ जना उपत्यकाभित्र र १ सय ३ जना उपत्यकाबाहिर छन् ।
यसैगरी विभिन्न अस्पतालमा उपचाररत संक्रमित ३८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार, मंगलबार रौतहटमा भेटिएका कोरोना संक्रमित २ जना भारतबाट आएका हुन् ।