सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक भोलि साँझ ५ बजेको लागि बोलाइएको हो।
आज(मंगलबार) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षद्धयबिच बसेको करिब साढे दुइ घण्टाको बैठकपछि भोली सचिवालय बैठक बोलाउने निर्णय भएको हो। अत्याधेशको विषयलाई लिएर नेकपाभित्र केही दिनदेखि आन्तरिक विवाद चर्किरहेको छ। नेताहरुले नेकपामा सचिवालय बैठक बोलाउन दबाब दिइरहेका थिए। त्यस्र्त स्थायी कमिटीका २० नेताले लिखित रुपमा नै स्थायी कमिटी बैठकको माग गरेका थिए।