वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ।
रष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणमा ५० बर्षिय महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।
आइतबार मात्र वीरगञ्ज–३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो। उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने क्रममा उनीमा कारोना संक्रमण भेटिएको हो।
बुधबार मात्र वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमित मध्ये हालसम्म १६ जना भने निको भएर घर फर्किसकेका छन्।