गुल्मीमा बैसाख ८ गते भएको आगलागीमा परि घाइते भएका वडाध्यक्षको बुधबार मृत्यू भएको छ। शान्तिपुर बसपार्कस्थित आफ्नै घरमा आगलागी हुँदा गम्भिर घाइते भएका ४५ वर्षिय पुर्ण बहादुर खनालको किर्तीपुर अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो। खनाल बरेङ गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष थिए ।
‘‘आज अपरेशनका लागि अपरेशन थिएटरमा लैजादैँ गर्दा ह्रदयघात भएको भन्ने खबर छ’’, मृतकका आफन्तले नेपाली पब्लिकसँग भने ‘‘अब यहाँको प्रकृया पुरा गरेर शान्तिपुर नै लैजाने कुरा छ।’’
सोही घटनामा उनका १६ वर्षिय छोरा समिर खनालको बैसाख ८ गते नै मृत्यू भएको थियो भने ४२ वर्षिय श्रीमती रुपा खनाल र २१ वर्षिय छोरा सन्जय घाइते भएका थिए। उनीहरुको किर्तीपुर अस्पतालमा उपचार भइरहेको छ।