लामो आन्तरिक रस्साकस्सीको विचमा बुधबार बसेको नेकपाको सचिवालय बैठक निष्कर्षविहिन टुङ्गीएको छ। पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको बेलामा महत्वमा साथ हेरीएको बैठकले बैसाखबाट २० गते अर्को बैठक बस्ने बाहेक कुनै निर्णय निस्कन सकेन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक शिर्ष नेताहरुको अडानका कारण निष्कर्षविहीन बनेको नेकपा नेताहरु बताउछन्। ‘‘अध्यक्षद्वय र नेता माधव नेपाललगायतले अडान नछोडेपछि बैठकले खासै केहि निर्णय गर्न सकेन्’’, एक नेताले भने।
नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ। बारामा दुई र पर्सामा १ गरी आज एकै दिन तीन जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बीरगञ्जका ४६ बर्षीय पुरुष र बाराका २६ र ४३ बर्षीय पुरुषमा संक्रमण पोजिटिभ देखिएको बताएका हुन्। देवकोटाका अनुसार उनिहरू यसअघि नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितसँगै भारतबाट नेपाल फर्किएका व्यक्ति हुन्।
चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २।२७ प्रतिशतमा नै सिमित रहने भएको छ। केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६र७७ को आर्थिक वृद्धिदर २।२७ प्रतिशतमा नै सिमित रहने भएको हो। सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८।५ प्रतिशतको लक्ष्य राखेको थियो। तर विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०ले पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर २।२७ मा नै खुम्चिने भएको विभागको प्रक्षपण रहेको छ।
कोरोना भाइरस ९कोभिड १९० को सामना र सहकार्य बारेमा नेकपाका नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसहित उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रा्ष्ट्रिय विभाग प्रमुखसँग छलफल गरेका छन्। नेता नेपालसहित उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेल, सात बटै प्रदेशका पार्टी इन्चार्ज ९पृथ्वी सुब्बा बाहेक० र डाक्टरहरूले बुधवार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित तीन घण्टा लामो भिडियो कन्फेरेन्स गरेको नेता नेपालको सामाजिक संजाल फेसबुक पेजमा जानकारी दिइएको छ।
बलिउड अभिनेता इरफान खानको ५४ बर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईको कोकिलाबेन धिरुबाइ अम्बानी अस्पतालमा उपचारको क्रममा आज ९बुधबार० मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार नै आइसियुमा भर्ना गरिएको थियो। खानमा प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको जानकारी दिएका थिए।
विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को कारण नेपालका पूर्वफुटबल खेलाडीको अमेरिकामा मृत्यु भएको छ। ललितपुरको ए डिभिजन फ्रेण्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका मशेह पन्थीको कोरोनाको कारण मृत्यु भएको हो। फ्रेण्ड्स क्लबलको फेजबुक पेजमा उनको मृत्यु भएको जानकारी दिइएको छ।
कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन्। प्राध्यापक डा।ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गर्दै राससलाई बताएका हुन्।
गुल्मीमा बैसाख ८ गते भएको आगलागीमा परि घाइते भएका वडाध्यक्षको बुधबार मृत्यू भएको छ। शान्तिपुर बसपार्कस्थित आफ्नै घरमा आगलागी हुँदा गम्भिर घाइते भएका ४५ वर्षिय पुर्ण बहादुर खनालको किर्तीपुर अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो। खनाल बरेङ गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष थिए । आज अपरेशनका लागि अपरेशन थिएटरमा लैजादैँ गर्दा ह्रदयघात भएको भन्ने खबर छ’’, मृतकका आफन्तले नेपाली पब्लिकसँग भने ‘‘अब यहाँको प्रकृया पुरा गरेर शान्तिपुर नै लैजाने कुरा छ।’’
महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ। भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए। उहाँका अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गाराम सदाको मृत्यु भएपछि अहिले गाउँमा त्रास उत्पन्न भएको हो।
एक महिनामा कपिलवस्तुमा जबर्जस्तीकरणीका सात घटनामा उजूरी दिइएको छ। कोरोना भाइरस९कोभिड –१९० संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ। घटनाका पीडितमा १० किशोरी र एक महिला छन्। किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएका छन्।
प्रदेश नम्बर १ सरकारद्वारा सञ्चालित विराटनगर–१० स्थित कोशी अस्पताल ९कोभिड–१९० उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सामाजिक विकास मन्त्रालयले विभिन्न साँझेदार संस्थासँगको छलफललाई तीव्रता दिएको छ। प्रदेशमा कार्यरत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसँग बुधबार मन्त्रालयमा छलफल गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सहयोग गर्न सबैमा अपिल गरेका हुन्।
कोरोना रोकथामका लागि बन्दाबन्दीको अवधि लम्बिएपछि बल्ल यहाँका स्थानीय तहले ज्यालादारी र विपन्न वर्ग पहिचान गर्दै राहत वितरण गर्न थालेका छन्। हप्ता, महिना र तीन महिनासम्म खाना नपुग्ने घरपरिवारको पहिचान गरेर राहत वितरण गर्न थालिएको हो। यसअघि जिल्लामा राहत वितरण गरिएको थिएन। यहाँका आठ स्थानीय तहले आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका छन्। चन्दननाथ नगरपालिका–९ श्रीढुस्काका ३७० जनाले राहत पाएका छन्।