लामो आन्तरिक रस्साकस्सीको विचमा बुधबार बसेको नेकपाको सचिवालय बैठक निष्कर्षविहिन टुङ्गीएको छ। पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको बेलामा महत्वमा साथ हेरीएको बैठकले बैसाखबाट २० गते अर्को बैठक बस्ने बाहेक कुनै निर्णय निस्कन सकेन्।
‘‘अब बस्ने बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्नेछ’’, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने ‘‘हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ।’’
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक शिर्ष नेताहरुको अडानका कारण निष्कर्षविहीन बनेको नेकपा नेताहरु बताउछन्। ‘‘अध्यक्षद्वय र नेता माधव नेपाललगायतले अडान नछोडेपछि बैठकले खासै केहि निर्णय गर्न सकेन्’’, एक नेताले भने।
बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।